जिल्ला प्रहरी कार्यालय कैलालीमा डिएसपी विष्टको पदस्थापन
धनगढी : प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भएका ६० जनाको पदस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा पनि भर्खरै डिएसपीमा बढुवा भएका प्रतिक विष्टलाई पदस्थापन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतको महानगरीय प्रहरी वृत नयाँ बाग्नेश्वर काठमाडौँ सरुवा भएपछि उनको स्थानमा प्रहरी नायव उपरिक्षक विष्टलाई जिम्मेवारी दिईएको हो।
उनी यसअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रहरी महाशाखा काठमाडौँमा कार्यरत थिए। उनीसंगै प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचना जारी गर्दै ६० डिएसपीको पदस्थापन गरेको हो।