सुदूर नेपाललाई विश्वसँग जोड्दै

इंग्लिस प्रिमियर लिगका खेलहरु जुन १७ देखि सुरु हुने

२०७७ जेठ १६, ०५:५४ खबर संवाददाता

कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग अन्तर्गत यो सिजनका बाँकी खेलहरु आउँदो जुन १७ देखि सुरु हुने भएको छ।

जुन १७ मा एस्टन भिल्ला र शेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबिच खेल हुने भएको हो। १९ देखि २१ जुनमा पूर्ण तहमा सबै खेल हुने छ। महामारीका कारण गएको मार्च १३ देखि रोकिएको प्रिमियर लिगमा ९२ खेल हुन बाँकी छ।

सबै खेलहरु बन्द रंगशालमा हुने छन्। तर खेलहरु स्काइ स्पोर्टस, बिटी स्पोर्ट वा अमेजन प्राइममा प्रत्यक्ष प्रशारण हुनेछन्। खेलका लागि सुरक्षात्मक निर्देशन सरकारबाट जारी हुन बाँकी नै छ।
 

कमेन्ट लोड गर्नुस