सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगामी आवको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

२०७७ जेठ १५, ०७:२९ खबर संवाददाता

सरकारले आगामी आर्थिक वर्षका लागि रु  १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताए। गत वर्ष चालू आवका लागि  १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश भएको थियो। 

कूल वार्षिक विनियोजनमध्ये चालूतर्फ रु नौ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४ दशमलब ४ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतिशत छ। त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११ दशमलव ७ प्रतिशत छ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट  ६० अर्ब ५२ करोड व्यहोर्दा  पाँच खर्ब २४ अर्ब ५० करोड न्यून हुनेछ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट  दुई खर्ब ९९ अर्ब ५० करोड जुटाइने अर्थमन्त्रीले बताए। यसैगरी आन्तरिक ऋणबाट  दुई खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिनेछ।

कमेन्ट लोड गर्नुस