सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा ल्याइने

२०७७ जेठ १५, ०५:३१ खबर संवाददाता

धनगढी : सरकारले कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने बताएको छ।

बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षबाट मेडिकल कलेज संचालनमा ल्याउने बताएका छन्। 

साथै उनले उक्त मेडिकल कलेजलाई सिकलसेल एनिमिया अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने समेत बताए। 

सिकलसेल एनिमिया थारु समुदायमा देखिने रोग हो। 

कमेन्ट लोड गर्नुस