सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका कोरोना संक्रमितको सम्पर्कमा रहेका ४६ जनाको रिपोर्ट नेगेटिभ

२०७७ जेठ १२, ०७:२३ खबर संवाददाता

बैतडी : बैतडीका कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ४६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। शनिबार पठाइएको ४६ जनाको थ्रोट स्वाबको नमूना धनगढी प्रयोगशालामा परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

कर्तव्य ज्यान मुद्दाको आरोपमा जिल्ला प्रहरी कार्यालयको थुनामा रहेका शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टी भएको थियो। प्रहरी हिरासतमै रहेका युवकमा कोरोना संक्रमण पुष्टी भएपछि ती युवकसंग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरिएको थियो। 

थुनामा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएका थप व्यक्तिहरुको स्वाब संकलन गरिएको हो। 

कमेन्ट लोड गर्नुस