कैलालीबाट एक महिला वेपत्ता
धनगढी : उपचारका लागि बाजुरबाट धनगढी ल्याउँदै गर्दा एक महिला वेपत्ता भएकी छिन्। बाजुराको बुढिगंगा नगारपालिका वडा नम्बर १० कि ६० वर्षीय महिला कालिदेवी जैशी बेपत्ता भएकी हुन्। जैशीको मानसिक अवस्था समेत ठिक नभएको उनका छोरा रामप्रसाद जैशीले बताए।
‘बाजुरबाट धनगढी ल्याउने क्रममा बुढितोला र गोदावीको विचबाट सम्पर्क विहिन भएकी हुन्’, उनले भने, ‘गयराति साढे २ बजे एम्बुलेन्स रोकेको समयमा शौच गर्छु भन्दै गएकी हुन्। अहिले सम्म सम्पर्कमा आएकी छैनन्।’
जैशीको खोजी गर्नको लागि प्रहरीलाई समेत खबर गरेको उनले बताए। ईलाका प्रहरी कार्यालय मालाखेतीले समेत वेपत्ता भएकी महिलाको खोजी कार्य भईरहेको जनाएको छ।
मानसिक रोगी महिला वेपत्ता भएको जानकारी आएदेखि नै खोजी कार्य जारी राखिएको ईलाका प्रहरी कार्यालय मालखेतीका प्रमुख प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्टले बताए।