बैतडीका पाँच प्रहरीमा आरडिटी पोजेटिभ
बैतडी : जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत पाँच प्रहरीमा आरडिटी पोजेटिभ देखिएको छ। आईतबार गरिएको आरडिटी परीक्षणमा पाँच प्रहरीमा आरडिीटी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टका अनुसार पाँचै जना प्रहरीलाई जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा राखिएको छ।
शिवनाथ गाउँपालिका एक थुनुवामा कोरोना पुष्टि भएपछि प्रहरी कार्यालय शिल गरेर प्रहरीहरुको कोरोना परीक्षण गरिएको थियो।