सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको क्वारेन्टाइनमा नेपालीको मृत्यु

२०७७ जेठ १०, ०८:५९

भारतको क्वारेन्टाइनमा एक नेपालीको मृत्यु भएको छ। भारतको नौतनवास्थित क्वारेन्टाइनमा बसेका स्याङ्जाको हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय पुरुषको मृत्यु भएको हो।

जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएका उनको शनिबार मृत्यु भएको हो। भारतको अलिगढबाट केही दिन पैदल हिँडेर सुनौली सीमा नाकासम्म आएपनि नेपाल तर्फबाट उनलाई बुझ्ने कोही नआएपछि उनी नेपाल प्रवेश गर्न पाएका थिएनन्। उनी स्वास्थ्यमा समस्या आएपछि शुक्रबार महाराजगंज अस्पतालमा चेकजाँच गरेर पुनः क्वारेन्टाइन फर्केका थिए।

मृतकको कोरोना परीक्षण गरेर पोजेटिभ पुष्टि भए भारतमै अन्त्येष्टी गरिने र नेगेटिभ रिपोर्ट आए नेपाल ल्याएर आफन्तलाई शव बुझाइने प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस