सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार कुँवरलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रेस संगठन नेपालको आपत्ति

२०७७ जेठ १०, ०६:५३ खबर संवाददाता

धनगढी : सामाजिक सञ्जालमा स्टाटस लेखेकै भरमा प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, रेडियो जनप्रिय अछामका स्टेशन म्यानेजर तपेन्द्र कुँवरमाथि अमानवीय व्यवहार गर्ने, गालिसहित ज्यान मार्ने धम्की दिएकोप्रति प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले आपत्ति जनाएको छ। 

प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका सह–संयोजक नवराज भण्डारीद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा स्टाटस लेखेको विषयलाई लिएर सामाजिक सञ्जालमा गालिगलौज गर्ने साँफेबगर नगरपालिका–३ सिद्देश्वर घर भई हाल जापान बस्दै आएका लोकेन्द्र जंग कुँवर, सोही वडा बस्ने हिरण्डजंग कुँवर र साँफेबगर नगरपालिका–१० घुघुरकोट बस्दै आएका ध्रुर्व महतालाई कार्वाहीको माग गरिएको छ। यस्तै जापान बस्दै आएका लोकेन्द्र जंग कुँवरले रेडियो बन्द गर्ने समेत सामाजिक सञ्जालमा लेखेकोमा प्रदेश कमिटीले आपत्ति जनाएको छ।

संकट समयमा निर्वाह गरेको सञ्चारकर्मीको कार्यप्रति थप हौसला प्रदान गर्नुको साँटो उल्टै समाचार प्रशारण र सामाजिक सञ्जालमा स्टाटस लेखेकै भरमा प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, रेडियो जनप्रिय अछामका स्टेशन म्यानेजर तपेन्द्र कुँवर माथि अमानवीय व्यवहार गर्ने, गालीसहीत ज्यान मार्ने धम्की दिने काम आपत्तिजनक रहेको सह–संयोजक भण्डारीद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

‘गाली बेइज्जती र ज्यान मार्ने धम्कीपूर्ण कार्य गरिएको र सामाजिक उत्तरदायित्व बहन गरिरहेको समाजको आवाज सामुदायिक रेडियोलाई समेत बन्द गरिदिने चुनौतिपूर्ण अभिव्यक्ति दिएर प्रेस स्वतन्त्रता माथिको नाङ्गो हस्तक्षेप हुने कार्य गरिएको प्रति घोर आपत्ती प्रकट गर्दछौं’ विज्ञप्तिमा भनिएको छ। 

‘चित्त नबुझेको र असहमतिका विषय भए, कानुनी बाटो रोज्ने तमाम विकल्प हुँदा हुँदै ज्यान मार्ने धम्की दिने, सार्वजनिक रुपमै पारिवारीक सम्बन्धलाई जोडेर चरित्र हत्या तथा मानमर्दन हुने कार्य निन्दनीय छ’ विज्ञप्तिमा अगाडि भनिएको छ। साथै दोषीलाई तत्काल छानविनको दायरामा ल्याएर कडा कारवाहीका लागि स्थानीय प्रहरी प्रशासनसँग माग गर्न समेत आग्रह गरिएको छ। 

यस्तै प्रेस संगठन नेपाल अछाम जिल्ला कमिटीले पनि स्टाटसकै भरमा सामाजिक सञ्जालममा गालिगलौज गरेकोप्रति आपत्ति प्रकट गरेको छ। संगठनका जिल्ला कमिटी संयोजक नरेन्द्र रावलले जारी गरेकोे विज्ञप्तिमा लडाइको अग्रमोर्चामा रहेर युद्धस्तरमा सूचना सम्प्रेषण र सचेतना दिन लागि परेका सञ्चारकर्मी माथि नै प्रहार हुनु दुखद र खेदजनक भएको जनाइएको छ। ‘प्रेस संगठनका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा रेडियो जनप्रियका स्टेशन म्यानेजर तपेन्द्र कुँवरलाई समाजिक सञ्जालमा गालिगलौज गर्नेलाई कानूनी दायरामा ल्याएर कार्वाहीको लागि प्रशासनसँग माग गर्दछु’ विज्ञप्तिमा भनिएको छ।

कमेन्ट लोड गर्नुस