सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई घाइते

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ १०, ०२:१२ खबर संवाददाता

धनगढी :  कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका – ३ बुटकौवाकी ३६ वर्षीया डम्मरा खत्रीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार बिहान साढे ९ बजेतिर घर पोत्ने माटो खन्ने क्रममा घटनास्थलमै खत्रीको मृत्यु  भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घाइतेहरु १९ वर्षीय कल्पना खड्का र ९ वर्षीय सुनील ढुंगानाको भने अहिले घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए। 

कमेन्ट लोड गर्नुस