सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका कोरोना संक्रमित सिसीटिभीको निगरानीमा

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ १०, १२:१६ खबर संवाददाता

बैतडी- बैतडीका कोरोना भाइरस (कोभिड–१९) का संक्रमितलाई सिसीटिभी क्यामेराको प्रत्यक्ष निगरानीमा राखिएको छ। जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचाररत संक्रमितलाई सिसीटिभीको निगरानीमा राखिएको हो।

जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय ती युवकलाई शुक्रबार कोरोना पुष्टि भएको थियो। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका उनी प्रहरी कार्यालयको हिरासतमा थिए। कोरोना पुष्टि भएपछि ती युवकलाई सुरक्षाको दृष्टिकोण र निर्देसिकाअनुसार सिसीटिभीको निगरानीमा राखिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। 

संक्रमितको प्रत्यक्ष सम्पर्कमा जान नसकिने भएकाले उनको स्वास्थ्यमा कुनै थप समस्या भए/नभएको पनि सिसीटिभीबाट हेर्न सहज हुने उनले बताएका छन। उनलाई टेलिफोन सेवा पनि उपलब्ध गराइएको छ। स्वास्थ्यमा सामस्याका साथै कुनै काम परमा चिकित्सकसँग सम्पर्क गर्न सहज होस भनेर टेलिफोन सेवा उपलब्ध गराएको अस्पतालले जनाएको छ।

युवती हत्याको आरोपमा गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका ती युवक चैत ६ गते भारतको दिल्लीबाट आएको खुल्न आएको छ। चार दिन अगाडि स्वाब संकलन गरी परिक्षणका लागि धनगढी ल्याइएको थियो। उनको पिसीआर रिर्पाेट पोजेटिभ देखिएको हो। युवकको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।
 यसैबीच जिल्ला अस्पताल बैतडीको आइसोलेसन कक्षमा हाल तीन जना भर्ना भएका छन्।

युवककी १९ वर्षीया बहिनी र दोगडाकेदार गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय युवकलाई आइसोलेसनमा कक्षमा राखिएको हो। उनीहरुको थ्रोट स्वाब संकलन गरिएको छ। शिवनाथ गाउँपालिका वडा नम्ब्र ४ की १९ वर्षीया गीता महरको मृत्यु प्रकरणमा दुवै पक्राउ परेका थिए। रासस

कमेन्ट लोड गर्नुस