सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा तीन हजार शैयाको क्वारेन्टिन बनाइने

२०७७ जेठ १०, ११:५८ खबर संवाददाता

बैतडी- बैतडीमा आइसोलेसन र क्वारेन्टिनको संख्या थपिने भएका छन्। भारतमा रहेका नागरिक फर्कन इच्छुक रहेकाले मापदण्ड पूरा गरी स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिनको संख्या बढाउने निर्णय भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

भारत तथा सीमापारीका नेपालीको पालिकास्तरीय तथ्याङ्क सङ्कलनसमेत गरिने भएको छ। बैतडीमा हाल एक हजार नौ सय ५ शैयाको क्वारेन्टिन र ३२ शैयाको आइसोलेसन कक्ष छन्। एक स्थानीय तहमा कम्तीमा पाँच शैयाको आइसोलेशन र जिल्लामा कम्तीमा क्वारेन्टिन तीन हजार शैयाको पु¥याइने निर्णय गरिएको हो।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले खटाएका तीन चिकित्सकको समयावधि सकिएर फर्किसकेकाले कोरोनाको बढ्दो अवस्थालाई मध्यनजर गरी सम्बन्धित निकायलाई पुनः खटाउन अनुरोध गर्नेसमेत निर्णय भएको छ।

बैतडीका क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी र समाचार संकलन लागि गएका पत्रकारको आरडिटी परिक्षण गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहजीरकण गर्दै शव परीक्षण गर्नुपर्ने वा कोरोना प्रभावित बिरामीको ओसारपसारमा सहजता प्रदान गर्न वा कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न आवश्यक सवारी साधन परिचालन र व्यवस्थापनको जिम्मा जिल्ला समन्वय समितिलाई दिने निर्णय पनि भएको छ। 

कमेन्ट लोड गर्नुस