सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका दुई संक्रमितलाई घरबाटै ल्याइएको थियो क्वारेन्टाइनमा, गाउँ घुमेका थिए

२०७७ जेठ १०, १०:०५ खबर संवाददाता

धनगढी : कैलालीका दुई जना कोरोना संक्रमितलाई घरबाटै क्वारेन्टाइनमा ल्याइएको खुलेको छ। बाँके र इटहरीबाट फर्किएका दुई जना संक्रमित लुकीछिपी घरमै बसेको सुचना पाएपछि जानकी गाउँपालिकाले प्रहरी लगाएर क्वारेन्टाइमा ल्याएको खुलेको हो।

जानकी गाउँपालिका वडा नम्वर ७ का दुई जना संक्रमित मध्ये एक जना इटहरी र एक जना बाँकेबाट फर्किएका थिए। जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महत्तोले उनीहरु दुबैजनालाई घरबाटै क्वारेन्टाइनमा ल्याएर स्वाब सकलन गरिएको बताईन्।

उपाध्यक्ष महत्तोले भनिन्, ‘इटहरीबाट आएका युवक बैशाख ३० गते जानकी गाउँपालिका पुगेका थिए भने अर्का सक्रमित युवक बाँकेबाट जेठ ३ गते कैलाली पुगेका थिए। क्वारेन्टाइन अघि एक जना ४ दिन र एक जना एक दिन घरमै बसेका थिए। सो समयमा उनीहरु गाउँमा घुमेको पनि जानकारी आएको छ।’

उनका अनुसार गाउँपालिकाले क्वारेन्टाइनमा बस्न आग्रह गर्दा नमानेपछि दुबै जनालाई प्रहरीको सहयोगमा सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो। जानकी गाउँपालिकाकै अर्का संक्रमित भने भारतबाट आएका थिए।

उनलाई नाकाबाटै क्वारेन्टाइनमा राखिएको थियो। गाउँपालिकाको वडा नम्वर ४ र ७ का १९, २३ र २६ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। संक्रमित तीनै जनालाई अहिले टीकापुर अस्पतालको आईसालेसनमा राखिएको छ। उनीहरुको सम्पर्कमा आएका व्यक्तिको खोजी भईरहेको छ।

कमेन्ट लोड गर्नुस