सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना अस्पताल तयार, सेतीलाई हस्तान्तरण गरिदै

२०७७ जेठ १०, ०८:४७ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ५० शैयाको कोरोना अस्पताल तयार भएको छ। कोरोना भाइरस संक्रमणका बिरामीको उपचारका लागि प्रदेश सरकारको ९४ लाख बजेटमा निर्माण सम्पन्न गरिएको अस्पताल भवन निर्माण व्यवसायीले स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिसकेको छ।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले आवश्यक उपकरण जडान भईरहेको बताउँदै स्वास्थ्य अवस्था सामान्य रहेका र शंकास्पद बिरामीलाई आजैदेखि अस्पतालमा राख्न सकिने बताए। ‘निर्माण व्यवसायीले हामीलाई अस्पताल भवन हस्तान्तरण गरिसकेको छ,’ धामीले भने, ‘आजभोलीमा सेती प्रादेशिक अस्पताललाई हामीले हस्तान्तरण गर्छाै।’

जिल्ला समन्वय समिति कैलालीको जग्गामा ५० शैयाको आइसोलेसन कक्षसहितको भवन निर्माणको जिम्मा किनारा कन्ट्रक्सनले पाएको थियो। सेती प्रादेशिक अस्पतालमा २४ शैयाको आईसोलेसन कक्ष मात्रै रहेको छ। अहिले अस्पतालको आईसोलसनमा २२ जना कोरोनाका शंकास्पद विरामीलाई राखिएको छ।

कमेन्ट लोड गर्नुस