रोयल कोलाबोरेटिभ्स र निसर्ग अस्पतालद्वारा उद्धारपछि मजदुरलाई खानाको व्यवस्था
धनगढ : रोयल कोल्याब्रेटिभ्स र निसर्ग अस्पतालले सीमाबाट उद्धार गरिएका मजदुरलाई खानाको व्यवस्था गरेको छ। भारतबाट स्वदेश फर्किने क्रममा सीमा नाकाबाट उद्धार गरिएका मजदुरलाई धनगढीमा खानाको व्यवस्था गरिएको हो।
उद्धारपछि धनगढीकै नवदुर्गा माविमा राखिएका नेपालीलाई खानाको व्यवस्था गरिएको रोयल कोल्याब्रेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीले बताए। बिभिन्न जिल्लाका पाँच सय जनालाई खना खुवाईएको उनले बताए।