सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सेनाद्वारा कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धी ‘डेमो’ प्रदर्शनी

२०७७ जेठ ९, ०८:२२

धनगढी : रेडक्रस र नेपाली सेनाले कैलालीको तेघरीस्थित ब्यारेकमा कोरोना भाइरसको संक्रमण बढेपछि गरिने विभिन्न क्रियाकलापसम्बन्धी ‘डेमो’ देखाएको छ।

सेनाले कोरोना भाइरस संक्रमण बढेपछि सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग गर्ने तरिका, कोरोना भाइरस संक्रमित फेला परेपछि अस्पतालसम्म लैजाने तरिका, कोरोना भाइरसबाट मृत्यु भए उक्त शवलाई अस्पतालबाट अन्तिम संस्कार स्थलसम्म लैजानका लागि अपनाउनुपर्ने विधिलगायतमा ‘डेमो’ देखाएको थियो। 

वास्तविक परिस्थितिमा सुरक्षा निकायबीच गरिने काममा एकरूपता ल्याउन मद्दत पुग्ने उद्देश्यले डेमो प्रदर्शन गरिएको हो। 

 

सबै फोटो : इश्वर जोशी

कमेन्ट लोड गर्नुस