सुदूर नेपाललाई विश्वसँग जोड्दै

डर्बी खेलबाट ला लिगा सुरु गर्ने तयारी

२०७७ जेठ ९, ०७:३३ खबर संवाददाता

काठमाडौं : स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगा आगामी १२ जुनदेखि शुरु गर्ने गरी तयारी छ। कोरोना भाइरसको महामारीका कारण रोकिएको खेल सुरु हुँदा सेभिया डर्बी अन्तर्गत सेभिया र रियल बेटिसबीचको खेलबाट सुरु हुनेछ।

स्पेनिस अनलाइन मार्काले १२ जुनमा उक्त खेल स्टाडियो रामोन सान्चेज पिजुअनमा हुने जनाएको छ। उक्त खेलबारे जानकारी एक स्पेनी रेडियोले दिएकोछ। ला लिगा मार्च देखि स्थगित छ। मार्काका अनुसार ला लिगाको बाँकी ११ चरणको पूरा खेल तालिका यही २८ मे मा २० क्लबलाई पठाइने छ।

सेभियाका स्पोर्टिङ डिरेक्टर मोचीले पनि डर्बीमार्फत खेलमा पर्नु राम्रो हुने बताएका छन्। ‘डर्बीमार्फत ला लिगा फर्कनु भन्दा अरु राम्रो तरिका हुन सक्दैन’ मोचीले भने। ला लिगाका अध्यक्ष ज्याभिएर तेबासले आफ्नो आइडल डेट १२ जुनलाई नै मानेका छन् ।

तर यसका लागि स्पेनी सरकाले अनुमति दिनुपर्नेछ। जुन दोस्रो साता ला लिगा मैदान फर्काउने गरी स्पेनमा बार्सिलोना रियल मड्रिड लगायत क्लबहरुले हेल्थ प्रोटोकोल फलो गर्दै सानो समूहमा प्रशिक्षण नै शुरु गरिसकेका छन्।

प्रशिक्षणअघि ला लिगाका खेलाडीहरुको कोभिड १९ परीक्षण गरिएकामा ५ जनालाई कोभिड १९ पोजिटिभ देखिएको थियो।

कमेन्ट लोड गर्नुस