सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कर्मचारीमा पनि देखियो कोरोना

२०७७ जेठ ९, ०६:३९ खबर संवाददाता

धनगढी : डडेल्धुराका कोरोना संक्रमित व्यक्ति सरकारी कर्मचारी रहेको खुलेको छ। स्वास्थ्य मन्त्रालयले आज मात्रै जिल्लाको परशुराम नगरपालिका वडा १० का २८ बर्षीय युवकमा कोरोनाको संक्रमण रहेको पुष्टि गरेको थियो।

उनी डडेल्धुरामै रहको एक सरकारी कार्यालयमा कार्यरत कर्मचारी रहेको डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानले बताए। उनी बैशाख २७ गते परशुरामबाट डडेल्धुरा सदरमुकाम पुगेका थिए र सोही दिनदेखि सदरमुकाममै बस्दै आएका थिए।  

संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भईसकेका बिरामी रहेको समेत रहेको खुलेको छ। डडेल्धुरा अस्पतालका मेसु डाक्टर जगदिश विष्टले अस्पतालबाट डिस्चार्ज भईसकेपछि कोरोना पुष्टि भएको जानकारी दिए।

‘ति पुरुषमा स्क्रव टाइफस पनि देखाएको थियो। सञ्चो भएर उनी घर फर्किसकेका छन्। अहिले सम्पर्कमा ल्याएर आईसोलेसनमा राख्ने तयारी छ।’ डाक्टर विष्टले भने। उनको ६ गते मात्रै थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस