सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकाबाट आज १८ सय बढि भित्रिए, उद्धार जारी

२०७७ जेठ ९, ०६:३४

धनगढी : भारतमा अलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट आजपनि उद्दार जारी राखिएको छ। कोरोना भाईरसको प्रभावले भारतमा जारी लकडाउनपछि रोजागरी गुमाएका नेपालीहरु सीमा क्षेत्रमा अलपत्र पर्न थालेपछि उद्धार सुरु गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले ६ बजेसम्म एक हजार ८ सय २२ जनाको उद्धार भईसकेको बताए। उनले अहिले पनि उद्धारको कार्य जारी रहेको बताउँदै उनीहरुलाई सम्बन्धित पालिकामा पठाउने तयारी समेत भईरहेको बताए। आज पनि परीक्षण बिना नै उनीहरुलाई भित्र्याउन थालिएको हो। प्रदेश सरकारले र्‍यापिड किटको अभाव भएको बताउँदै आएको छ।

यसअघि बुधबार गौरीफन्टा नाकाबाट ८ सय ५८ र बिहिवार दुई हजार चार सय ९८ मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको थियो। बुधबार कसैको पनि परीक्षण भएको थिएन भने बिहिवार ६ सय जनाको मात्रै ¥यापिड टेस्ट भएको थियो।

कमेन्ट लोड गर्नुस