सुदूर नेपाललाई विश्वसँग जोड्दै

जग्गामा राजश्व छल्ने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

२०७७ जेठ ९, ०६:१५ खबर संवाददाता

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बिक्रिमा राजश्व छल्ने वडाध्यक्ष विरुद्ध भ्रष्टाचारको मुद्दा लगाएको छ। वीगरञ्ज महानगरपालिका–१६ का वडाध्यक्ष श्यामबाबुप्रसाद चौरसियालाई अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको हो।

 वडाध्यक्ष चौरसियाले बढी मूल्य पर्ने जग्गालाई कम देखाएर राजस्व छली गरेको देखिएकाले उनी विरुद्ध  विशेष दालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारले जग्गाको मूल्य कम देखाएर उनले १ लाख ७७ हजार रुपैयाँ भ्रष्टाचार गरेको दावी अभियोग पत्रमा उल्लेख छ।

वडाध्यक्ष चौरसियाले जहराती मिया धुनियाको जग्गामा गलत घरबाटो सिफारिस गरेर राजस्व छली गरेको उजुरीको आधारमा अख्तियारले उनीमाथि अनुसन्धान अघि बढाएको थियो।

जग्गाको न्यूनतम मूल्याङ्कन तेत्तीस लाख हुनुपर्नेमा गलत घरबाटो देखाएर २५ लाख ३० हजार बराबरको थैली रकम कम राखेको आरोप पत्रमा उल्लेख छ। 
  

कमेन्ट लोड गर्नुस