सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट ६५ दिनअघि फर्किएका थिए बैतडीका कोरोना संक्रमित

२०७७ जेठ ९, ०६:०२ खबर संवाददाता

धनगढी : जिल्ला प्रहरी कार्यालय बैतडीको थुनामा रहेका कोरोना संक्रमित युवक ६५ दिन पहिले भारतबाट फर्किएको खुलेको छ।

कर्तव्य ज्यान मुद्दामा प्रहरीले बैशाख १५ गते पक्राउ गरेका शिवनाथ गाउँपालिका १ का २२ वर्षीय युवक चैत ६ गते भारतबाट आएका थिए।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिह साउदले उनी दील्लीबाट चैतमा घर फर्किएको बताए। युवकमा ६५ दिनपछि कोरोना देखिएपछि भारतबाट संक्रमण भएको वा जिल्ला प्रहरी कार्यालयमै थुनामा रहेका बेला भएको हो भन्ने कुरा यकिन गर्न कठिनाई भएको छ।

थुनामा रहेका युवकमा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको छ।  

कमेन्ट लोड गर्नुस