सुदूर नेपाललाई विश्वसँग जोड्दै

थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल

२०७७ जेठ ९, ०५:३९ खबर संवाददाता

बैतडी : थुनुवामा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको छ। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका शिवनाथ गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको हो।

बैतडीका प्रमुख नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले थुनुवामा रहेका युवकका कोरोना पुष्टि भएपछि कार्यालय सिल गरिएको बताए।  संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्ने तयारी गरिएको छ।

संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तब्य ज्यानको मुद्धामा पक्राउ गरिएको थियो।  उनी चैत ६ गते भारतबाट आएका थिए।  

कमेन्ट लोड गर्नुस