सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत, इटहरी र बाँकेबाट फर्किएका थिए कैलालीका तीन जना संक्रमित

२०७७ जेठ ९, ०५:०२ खबर संवाददाता

धनगढी : आज मात्रै कैलालीका तीन जनामा कोरोना पुष्टि भएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्वर ४ र ७ का १९, २३ र २६ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो। उनीहरु इटहरी, बाँके र भारतबाट लुकीछिपी फर्किएको खुलेको छ।

जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले दिएको जानकारी अनुसार वडा नम्वर ४ का संक्रमित जेठ १ गते कालाकुण्डा नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए। उनी भारतको महाराष्ट्रबाट फर्किएका थिए। 

‘वडा नम्वर ७ का दुई जना संक्रमित मध्ये एक जना इटहरी र एक जना बाँकेबाट फर्किएका हुन्। इटहरीबाट आएका युवक बैशाख ३० गते जानकी गाउँपालिका पुगेका थिए भने अर्का सक्रमित युवक बाँकेको जानकी गाउँपालिका ३ बाट जेठ ३ गते कैलाली पुगेका थिए।’ उपाध्यक्ष महत्तोले जानकारी भनिन्। 

उनीहरु तीनै जनालाई सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो। भारतबाट फर्किएका युवकलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो भने अन्य दुई जना संक्रमितलाई भने गाउँपालिकाले घरबाटै प्रहरी लगाएर क्वारेन्टाइनमा ल्याएको थियो। 
 

कमेन्ट लोड गर्नुस