सुदूर नेपाललाई विश्वसँग जोड्दै

विकृती विरुद्ध पाटनका युवा एकजुट, पन्तको अध्यक्षतामा क्लब गठन

२०७७ जेठ ९, ११:५६ खबर संवाददाता

बैतडी : बैतडीको पाटनका युवा विकृती विरुद्ध सामाजिक सञ्जाल फेसबुक मार्फत एकजुट भएका छन्। पाटन नगरपालिका स्थायी घर भई विभिन्न ठाउँमा छरिएर रहेका युवाहरुले फेसबुक मार्फत नै विकृती विरुद्ध लड्न छुट्टै क्लब गठन गरेका छन्।

नरेन्द्र कुमार पन्त ‘नरेश बाहुन’ को अध्यक्षतामा पाटन युवा क्लब गठन गरिएको छ। क्लबको वरिष्ठ उपाध्यक्षमा गोपाल विष्ट, उपाध्यक्षमा अनिल महरा, महासचिवमा नरेश विष्ट , सचिवमा किशोर भट्ट, कोषाध्यक्षमा गगन विष्ट र  सह–कोषाध्यक्षमा सुमन विष्ट र सह सचिबमा नरेश बिष्ट  ‘बादल’ सर्वसम्मत चयन भएका छन्।

यस्तै सदस्यमा लब्बु चन्द, जगदिश भट्ट, सागर क्षेत्री, दिपक विष्ट, धनी कोली, भुवनेश्वरी भाट, लक्ष्मी पन्त चयन भएका छन्। क्लबको कानूनी सल्लाहकारमा अधिवक्ता गणेश विष्ट, वरिष्ठ सल्लाहकार दिवाकर बोहरा, विशेष सल्लाहकारमा सुदूरपश्चिम समाज युएईका महासचिव समेत रहेका दिनेश महरा,वरिष्ठ प्रेस सल्लाहकारमा जनकसिह विष्ट र प्रेस सल्लाहर कृष्ण विष्टलाई राखिएको छ।

अध्यक्ष नरेश बाहुनले स्वच्छ समाज निर्माण हाम्रो अभियान भन्ने मुल नाराका साथ सामाजिक सञ्जालबाट पाटनका युवाहरुलाई एकजुट गरी क्लब गठन गरिएको बताए। उनले लकडाउनपछि क्लबलाई आधिकारिक रुपमा सम्बन्धीत निकायमा दर्ता गरिने बताउँदै क्लबको उद्देश्य सामाजिक विकृती विरुद्ध  एकताबद्ध भई आर्दश समाज निर्माण भएको जनाए।

यस्तै समस्यामा परेका नागरिकको उद्दार, सहयोग, असहाय एवंम विपन्न वर्गको हितमा काम गर्ने, समाजमा रहेको चरम भ्रष्टाचार , राजनीतिक अस्थिरता र गरिब जनताको भावनामाथीको खेलवाडका बिरुद्धमा आम युवा एक भएर आवाज बुलन्द गर्ने समेत क्लबको प्रमुख उद्देश्य रहेको पन्तले बताए।

कमेन्ट लोड गर्नुस