सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना आशंकामा सेती अस्पतालमा १२ जना भर्ना

२०७७ जेठ ८, ०९:०८ खबर संवाददाता

धनगढी : आरडिटि पोजेटीभ देखीएपछि १२ जनालाई सेतीअस्पतालको आईसोलेसनमा भर्ना गरीएको छ। बिहिबार गौरीफन्टा नाकाबाट उद्धार गरीएका १२ जनामा आरडीटी पोजेटिभ देखीएपछि अस्पतालको आईसोलनमा भर्ना गरीएको हो।

बझाङ्को जयपृथवी नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय पुरुष, जयपृथवी नगरपालिका ११ का २३ वर्षीय पुरुष, बैतडीको मेलौली नगरपालिका ४ का ३३ वर्षीय पुरुष , सोहि ठाउँका १९ वर्षीय पुरुष, सोही ठाउँका २३ वर्षीय पुरुष, डोटीको दिपालय सिलगढी नगरपालिका कोका २८ वर्षी पुरुष , डडेल्धुराको पर्सुराम नगरपालिकाका २७ वर्षीय पुरुष, बैतडीको सिवनाथ गाउपालीकाका २७ वर्षीय पुरुष, सोहि ठाउका २४ वर्षीय पुरुष, २२ वर्षीय पुरुष, २० वर्षीय पुरुष, र सोहि ठाउँका अर्का २० वर्षीया पुरुष लाई अस्तपतालको आईसोलेनमा भर्ना गरीएको छ।

यो सँगै सेती प्रादेशीक अस्पतालको आईसोलेसनमा भर्ना हुनेको संख्या १६ पुगेको छ। 

कमेन्ट लोड गर्नुस