सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी दुर्घटनामा घाईते भएका चारै जनालाई हेलिकोप्टर मार्फत सुर्खेत लगियो

२०७७ जेठ ८, ०३:३८ खबर संवाददाता

धनगढी : डोटी दुर्घटनामा घाईते भएका चारै जनालाई थप उपचारका लागि हेलिकोप्टर मार्फत सुर्खेत लगिएको छ। जिल्लाको बोगटान गाउँपालिका वडा नम्बर ७ मा निर्माणाधिन मौरासेन सेती हाईड्रो पावरका कामदार बोकिरहेको बा २ क २७३९ नम्बरको मीनीट्रक दुर्घटना हुँदा चार जना घाईते भएका थिए।

निर्माण व्यवसायी समेत रहेका बाँकेको राजापुर २ का ५० वर्षीय शान्त मल्ल, भारतको हससोलका ५५ वर्षीय किशोर सिह, बाँकेको गुरुवा गाउँपालिका ५ बयलपुरका चालक ३० वर्षीय रमाल वाया र रामेछाप लिखु गाउँपालिका ६ का १९ वर्षीय भोजनारायण श्रेष्ठ घाईते भएका थिए। उनीहरु चारै जनालाई थप उपचारका लागि सुर्खेत लगिएको हो। 

उनीहरु मध्ये निर्माण व्यवसायी मल्लको दाहिने खुट्टा भाचिएको छ भने छातीमा गम्भीर चोट लागेको छ। यस्तै भारतका सिहको अवस्था पनि गम्भीर रहेको छ। उनको बाया खुट्टा, टाउको र छातीमा चोट लागेको छ।
 

कमेन्ट लोड गर्नुस