सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट अछाम पुगेकी एक महिलामा तीन पटक आरडिटी पोजेटिभ

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ ८, ०३:२४ खबर संवाददाता

धनगढी :  कैलालीबाट अछाम पुगेकी एक महिलामा तीन पटक आरडिटी पोजेटिभ देखाएको छ। जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्वर ५ को जनता माविको क्वारेन्टाइनमा रहेकी एक महिलामा तीन पटक र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखाएको हो।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले तीन पटकसम्म आरडीटी पोजेटिभ देखाएको पुष्टि गरे। ‘११ ज्नामा र्‍यापिड टेस्ट गर्दा एक महिलामा पोजेटिभ देखाएको छ। उनलाई बयलपाटा अस्पतालको आईसोलेसनमा भर्ना गर्नको लागि एम्बुलेन्स मार्फत पठाइएको छ’ अध्यक्ष बोहराले भने। उनको स्वाब संकलन गरी पीसीआर मार्फत कोरोना परीक्षण गरिने छ। उनी १ हप्ता अघि कैलालीबाट अछाम गएकी थिइन्।

 

कमेन्ट लोड गर्नुस