सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिपुलेक जान हिँडेका ७ जना पक्राउ, डिएसपी भन्छन ‘उहाँहरुकै सुरक्षाको लागि नियन्त्रणमा लिइयो’

२०७७ जेठ ८, ०२:४२ खबर संवाददाता

धनगढी :  लिपुलेक जान हिँडेका सात जनालाई दार्चला प्रहरीले नियन्त्रणमा लिएको छ। लिपुलेकमा नेपाली झण्डा फहराउन हिँडेका उनीहरुलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै लेकम गाउँपालिकावासी रहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका सातै जनालाई अहिले सदरमुकाम ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय दार्चूलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकारी लिए। ‘लकडाउनको समयमा विभिन्न स्थान हुँदै उनीहरु लिपुलेक गइरहेका थिए, जसका कारण कोरोना संक्रमणको जोखिम हुनसक्छ’ उनले भने, ‘साथै टिंकरमा रहेका व्यासीहरुले समेत उनीहरु त्यहाँ आउन लागेको मन पराएका थिएनन्, जसका कारण उहाँहरुको ज्यानमा खतरा हुनसक्ने भन्दै नियन्त्रणमा लिइएको हो। 

डिएसपी विष्टका अनुसार अहिले दुवै देशको माहोल त्यति उचित नभएकाले लिपुलेक गइरहेकाहरुलाई भारतीय सीमा सुरक्षा बल(एसएसबी)बाट समेत खतरा रहेकाले उनीहरुकै सुरक्षाको नियन्त्रणमा लिइएको हो। 

कमेन्ट लोड गर्नुस