सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा काफल खान गएका एक जना भालुको आक्रमणबाट घाइते

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ ८, ०१:२६ खबर संवाददाता

अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोट ४ का चन्द्र बहादुर साउँद घाइते भएको अछाम प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानिय खाडा भन्ने काफल खान गएको बेला जगंली जनावर भालुले आक्रमण गर्दा उनी घाइते भएका हुन्। उनको ढाड र घाँटीमा सामान्य चोट लागेका उनलाई स्वास्थ्य चौकी कुस्कोटमा सामान्य उपचार गरि थप उपचारका लागि न्याय हेल्थ वयपाटा पठाइएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस