सुदूर नेपाललाई विश्वसँग जोड्दै

यही हो भारतले अतिक्रमण गरेको नेपाली भूमि

तस्बिरः रासस
तस्बिरः रासस
२०७७ जेठ ७, ०६:४०

दार्चुला : दार्चुलाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड) यही हो। बीचमा काली नदी छ। काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो। 

दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ लिम्पियाधुराबाट काली नदी आउँछ। त्यो पहाडको दायाँबाट लिपुलेक कालापानी हुँदै लिपु खोला बग्छ। गुञ्जी दोभानमा आएर मिसिन्छ।

छाङरुबाट गुञ्जी १० किलोमिटरको दूरीमा छ। त्यही लिपुखोलालाई काली दावी गरेर भारतले त्यस उता लिम्पियाधुरासम्मको भूभाग भारतले अतिक्रमण गरेको छ। उक्त पहाडमा गुञ्जी, कुटी, नावीलगायत गाउँ पर्छ। बुधबार सरकारले यो सबै भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक गरेको हो।

 

कमेन्ट लोड गर्नुस