सुदूर नेपाललाई विश्वसँग जोड्दै

संक्रमितको सम्पर्कमा रहेकाको रिपोर्ट नेगेटिभ

२०७७ जेठ ६, १०:५४

बर्दियाको गुलरिया नगरपालिका—११ लालपुरका कोरोना संक्रमितको सम्पर्कमा आएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

एक २८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएपछि संक्रमितको सम्पर्कमा रहेका ५६ जनाको स्वाब संकलन गरिएकामा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले बताउनुभयो।

कालीमाटीमा मासु व्यापार गर्दै आएका संक्रमित पुरुष गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौँ गएको र परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।–रासस
 

कमेन्ट लोड गर्नुस