सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुम्बिनी विकास बैंकद्वारा धनगढीको गौशालालाई चोकर हस्तान्तरण

२०७७ जेठ ६, ०२:५८ खबर संवाददाता

धनगढी : लुम्बिनी विकास बैंकले धनगढीको गौशालालाई चोकर हस्तान्तरण गरेको छ। बैंकको धनगढी शाखाले उप–महानगरपालिकाको वडा नम्बर ३ मा रहेको गौशालालाई चोकर (गाईले खाने खाना) हस्तान्तरण गरेको हो। 

गौशालालाई १८ हजार बराबारको १२ बोरा चोकर उपलब्ध गराएको शाखा सहायक प्रबन्धक ज्योती जोशी अवस्थीले बताइन्। गौशालाका उपाध्यक्ष चेतराज पाण्डेय र प्रबन्ध  निर्देशक रिता जोशी अवस्थीलाई १२ वोरा चोकर हस्तान्तरण गरिएको हो। गौशालामा अहिले ४० गाईलाई राखिएको छ। 

कमेन्ट लोड गर्नुस