कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, चार जना पक्राउ
धनगढी : कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। ऋाज विहान जिल्लाको जानकी गाउँपालिका वडा नम्वर १ भुर्सा बस्ने साहानु चौधरीका २१ बर्षीय छोरा प्रकाश चौधरीको मृत्यु भएको हो।
कर्णाली नदिबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
करेन्ट लागेर बेहोस भएका उनलाई उपचारका लागि टीकापुर अस्पतालमा लगिएकोमा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
सोधपुछका लागि मृतकसंगै माछा मार्न गएका स्थानीय २५ बर्षीय हरी चौधरी, २० बर्षीय निराजंन चौधरी, २५ बर्षीय देव चौधरी र २२ बर्षीय दिपेश चौधरीलाई नियन्त्रणमा लिईएको उनले बताए।