सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडी नगरपालिकामा तोडफोड, कर्मचारी र जनप्रतिनिधिमाथि हातपात

२०७७ जेठ ६, ०८:११ खबर संवाददाता

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाको कार्यालयमा तोडफोड गरिएको छ। नगरपालिकाका मेयर रणबहादुर कुँवरले ईलाका हुलाक कार्यालयमा कार्यरत दिलबहादुर धानुकमाथि कुटपिट गरेको भन्दै स्थानीयले कार्यालयमा तोडफोड र जनप्रतिनिधि तथा कर्मचारीमाथि हातपात गरेका हुन्। 

पुर्चौडीका स्थानीय समेत रहेका धानुकसँग भएको समान्य विवादका क्रममा मेयर कुँवरले कुटपिट गरेको र उल्टै धानुकलाई पक्राउ गर्दै अभद्र व्यवहारको मुद्धा लगाईएको भन्दै धानुकका दुई छोरा र एक स्थानीयले नगरपालिकाको कार्यालयमा तोडफोड गर्दै कर्मचारी र जनप्रतिनिधिमाथि हातपात गरेका हुन्।

पुर्चाैडी नगरपालिकाका सूचना अधिकारी प्रविन धानुकले कार्यालयका विभिन्न शाखामा तोडफोड गरिएको बताए। ‘सुरुमा विभिन्न शाखामा तोडफोड गर्दै शाखामा रहेका कर्मचारीमाथि हातपात गरियो। त्यसपछि मेयरमाथि पनि हातपातको प्रयास भएको छ।’ सूचना अधिकारी धानुकले दिनेश खवरलाई भने। 

ईलाका प्रहरी कार्यालय पाटनका प्रमुख तथा प्रहरी निरिक्षक धनदेव साउँदले कार्यालयमा तोडफोड र मेयरमाथि हातपात भएको बताउँदै संग्लन तीन जनालाई पक्राउ गरिएको बताए। 
 

कमेन्ट लोड गर्नुस