सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले लिपुलेक, कालापानी क्षेत्रमा सडक बनाएको बिरुद्ध कैलालीमा विप्लवको प्रर्दशन

२०७७ जेठ ५, ०९:१८ खबर संवाददाता

नेत्रविक्रम चन्द विप्लबले नेतृत्व गरेको नेकपाको नेतृत्वमा भारतले लिपुलेक, कालापानी क्षेत्रमा सडक बनाएको बिरुद्ध कैलालीमा सोमबार प्रर्दशन गरिएको छ।

नेपालको सिमाना मिचेर भारतले  लिपुलेक कालापानी क्षेत्रमा सडक बनाएको बिरुद्ध विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टी गौरीगंगा नगर कमिटीले सोमबार साँझ बिरोध तथा मसाल जुलुस प्रदर्शन गरेको हो।

प्रर्दशनकारीले गौरीगंगा नगरपालिका वडा नम्बर ८ देउराली शिविर नजिकैको पुर्व पश्चिम महेन्द्र राजमार्गमा राके जुलूस समेत निकालेका थिए। 

कमेन्ट लोड गर्नुस