सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको त्रिवेणी एफएमद्धारा ‘रेडियो पाठशाला’ सुरु

२०७७ जेठ ५, ०९:०१

टेक चन्द, सिलगढी : डोटीको त्रिवेणी एफएम ९४.४ मेघाहर्जले लकडाउनको समयमा ‘रेडियो पाठशाला’ सुरु गरेको छ। कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरी एफएमले ‘रेडियो पाठशाला’ सुरु गरेको हो।

कक्षा ८–१० सम्मका विद्यार्थीका लागि स्थानीय शिक्षकबाट अंग्रेजी, गणीत, बिज्ञान, समाजिक र नेपाली विषयको पढाइ सुरु गरिएको एफएमले जनाएको छ।

कार्यक्रम दिउँसो ३ बजेदेखी बेलुकी साढे ५ बजेसम्म प्रशारण हुने गरेको छ। हिक्मत शाही, केशव भट्ट, लगायतका पाँच जना शिक्षकले रेडियो कार्यक्रम मार्फत शिक्षण गराईरहेको एफएमका स्टेशन म्यानेजर कर्ण चन्दले बताए।

एफएमले सुरु गरेको उक्त कार्यक्रमलाइ स्थानीय तहले सहयोग गर्ने उनले बताए। ‘रेडियो पाठशाला’ कार्यक्रम शनिवार वाहेक अन्यदिन संञ्चालन हुने उनले बताए। 
 

कमेन्ट लोड गर्नुस