सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखाएका ७ जनाको पीसीआर नेगेटिभ

२०७७ जेठ ५, ०७:५३ खबर संवाददाता

बझाङ : बझाङमा र्‍यापिड टेस्टमा पोजेटिभ देखाएका ७ जनाको आरटी पीसीआर विधीबाट रिर्पोट नेगेटिभ आएको छ। भारतबाट फर्केर क्वारेन्टाईनमा बसिरहेका बित्थडचिर गाउँपालिकाका ७ जनाको रिर्पोट नेगेटिभ आएको हो।

स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले धनगढी प्रयोगशालामा आईतबार गरिएको परीक्षणका क्रममा उनीहरुको रिर्पोट नेगेटिभ आएको जानकारी दिए।

यस्तै र्‍यापिड टेस्टमा पोजेटिभ देखाएका १३ जनाको पीसीआर रिर्पोट आउन बाँकी रहेको सम्पर्क व्यक्ति जोशीले बताए।

बित्थडचिर गाउँपालिकाका एक र बुगंल नगरपालिकाका १२ जनाको पीसीआर रिर्पोट आउन बाँकी रहेको हो।

यसअघि आरडिटी पोजेटिभ देखाएका बझाङको बित्थडचिर गाउँपालिकाकै एकजनाको पीसीआर रिर्पोट नेगेटिभ आईसकेको छ। 

कमेन्ट लोड गर्नुस