कैलालीमा करिब १ लाखको मदिरा बरामद
धनगढी : कैलाली प्रहरीले लकडाउनको समयमा ओसारपासार गरेको अवैध घरेलु तथा ब्रान्डेड मदिरा बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीले जिल्लाका विभिन्न स्थानबाट अन्दाजी ९३ हजार ५ सय ६२ बराबरको मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टको कमाण्डमा खटाइएको टोलीले मसुरिया, ओलानी र गोदावरी क्षेत्रबाट विभिन्न प्रकारका मदिराका साथै घरेलु मदिरा बरामद गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
बरामद गरेको ब्रान्डेड मदिरा आन्तरिक राजश्व कार्यालयमा बुझाइएको र घरेलु मदिरा नष्ट गरिएको उनले बताए।