सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बोगटानमा थप क्वारेन्टाइन स्थापना गरिने

२०७७ जेठ ४, १०:११

टेक चन्द, सिलगढी : डोटीको बोगटानमा थप क्वारेन्टाइन स्थापना गरिने भएको छ। बोगटान फुड्सिल गाउँपालिकाले भारतमा रहेका नेपालीहरु स्वदेश फर्किन थालेपछि उनीहरुको व्यवस्थापनका लागि ४ सय जनाको क्षमता भएको क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको हो। 

कोरोना व्यवस्थापन सम्बन्धी उच्च स्तरिय समितिको बैठकले भारत तथा गाउँपालिका भन्दा बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्नका लागि निर्णय गरेकोे गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सीलाले बताए। 

प्रत्येक वडामा स्वास्थ्य संस्था नजिक रहेको विद्यालयमा २० वटा आइसोलेसन बेड बनाउने निर्णय भएको उनले बताए। ‘बाहिरबाट आएकाहरुको विवरण समेत संकलन गरिने छ’ उनले भने, ‘व्यवस्थापन र सुरक्षका लागि स्वयमसेवक परिचालन गरिने छ।’ 

विद्यालय भवन, गाउँमा रहेका खाली घरमा क्वारेन्टाइनका लागि गाउँपालिकाले तयारी थालेको छ। 
 

कमेन्ट लोड गर्नुस