सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा कोरोना संक्रमणबाट सुत्केरी महिलाको मृत्यु

। फोटो स्रोत ।
२०७७ जेठ ३, ०९:२३

नेपालमा कोभिड–१९ बाट एक जनाको मृत्यु भएको पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वषीर्या महिलाको कोरोना भाइरस (कोभिड–१९ ) बाट मृत्यु भएको हो। 

उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो। त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएको मन्त्रालयले जनाएको छ। स्थानीय अस्पतालमा उपचार गर्दा पनि सन्चो नभएपछि बिहीबार धुलिखेल ल्याइएको थियो।

धुलिखेल अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेका थिए। उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ।

कमेन्ट लोड गर्नुस