बैतडीमा भारतबाट आएका एक जनाको आरडीटी रिपोर्ट पोजिटिभ
बैतडी :बैतडीमा थप एकजनाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ।
सिगास गाउँपालिकाको श्रीभावर क्वारेन्टाइनमा बसेका ३३ बर्षीय पुरुषको आरडीटी रिपोर्ट पोजिटिभ आएको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिए।
उनलाइ अहिले आइसोलेसनमा राखिएको धामीले बताए। आरडीटी पोजेटिभ आएका ती युवकको आइतबार थ्रोट स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी पठाइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
ती युवक गत वैशाख १८ गते झुलाघाट नाकाबाट स्वदेश भित्रिएका थिए।