सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भारतबाट फर्किएका २० जनामा र्‍यापिड टेस्ट पोजेटिभ

२०७७ जेठ ३, १०:१८ खबर संवाददाता

धनगढी : बझाङमा भारतबाट फर्किएका २० जनामा र्‍यापिड टेस्ट पोजेटिभ देखिएको छ। बैतडीको नाकाबाट उद्धार गरिएका २० जनामा र्‍यापिड टेस्ट गर्दा एन्टिबडी देखखाएको हो।

जिल्ला प्रशासन कार्यालयल बझाङले शुक्रवार चार सय ४२ जनामा र्‍यापिड टेस्ट गरिएकोमा २० जनामा एन्टिबडी देखाएको हो।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भारतबाट फर्केर बित्थडचीर गाउँपालिका वडा नम्बर ५ को शिव भवानी माध्यमिक विद्यालयमा राखिएकाहरु ८ जना र बुगंल नगरपालिकामा राखिएका १२ जनामा एन्टीबडी देखाएको पुष्टि गरे।

‘२० जना मध्ये ८ जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाईएको छ। बाँकी १२ जनाको आज थ्रोट स्वाबको नमुना संकलन गर्ने तयारी गरेका छौँ।’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले दिनेश खवरलाई भने। 

यसअघि बुधबार समेत बझाङकै एक जनामा एन्टीबटी देखाएकोमा उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आईसकेको समेत प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए। उनीसंगै रहेका थप नौँ जनाको समेत पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ। 

कमेन्ट लोड गर्नुस