सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका थप ८ जनाको र्‍यापिड टेस्ट रिर्पोट पोजेटिभ

२०७७ जेठ २, ०४:५२ खबर संवाददाता

बझाङ : बझाङमा भारतबाट फर्किएका थप ८ जनाको र्‍यापिड टेस्ट गर्दा एन्टीबडी पोजेटिभ देखाएको छ। प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भारतबाट फर्केर बित्थडचीर गाउँपालिका वडा नम्बर ५ को शिव भवानी माध्यमिक विद्यालयमा राखिएकाहरुको र्‍यापिड टेस्ट गर्दा ८ जनामा एन्टीबडी पोजेटिभ देखाएको पुष्टि गरे।

उनले एन्टीबडी पोजेटिभ देखाएकाहरुको थ्रोट स्वाबको नमूना संकलन गरी पीसीआर विधीबाट परीक्षणका लागि धनगढी पठाईरहेको बताए। यसअघि बुधबार समेत एक जनामा एन्टीबटी देखाएको थियो।

उनको पीसीआर विधीबाट परीक्षणका लागि नमूना धनगढी पठाईएकोमा रिर्पोट आउन बाँकी रहेको प्रजिअ पाण्डेले बताए। 
 

कमेन्ट लोड गर्नुस