सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम सेतीका लागि डोटीमा दिउँसै बालियो ७ सय ५० टुकी

२०७७ जेठ १, ०३:२७ खबर संवाददाता

धनगढी : वषौँदेखि अलपत्र पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै डोटीमा ७ सय ५० टुकी बालिएको छ। पश्चिम सेती निर्माणका लागि विभिन्न दबाब मुलक कार्यक्रम गर्दै आएको बोलन्या थली धनगढीले आज दिउँसो डोटीमा ७ सय ५० टुकी बालेको हो।

बोलन्या थलीका संयोजक यादव जोशीले आउँदो बजेटमा पश्चिम सेतीलाई समावेश गरी निर्माण थाल्नुपर्ने माग सहित दिउँसै टुकी बालिएको बताए। आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ? आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौला ? रिभर्स “माईग्रेशनको व्यवस्थापन गरौँ। भन्ने नारा सहित संस्थाले टुकी बालेको उनले बताए।

बोलन्या थलीले हिजो आशा मर्यो, आज जवानी मर्दैछ, भोली सपना मर्नेछ भन्ने नारा सहित यसअघि काठमाडौँमा कचौरा जुलुस लगायतका दबाबमुलक कार्यक्रम गरेको थियो। ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना वषौँदेखि अनिर्णयको बन्दी भएपनि सरकारी स्तरबाट चासो नदिईदा झनै अलपत्र परेको छ। 
 

 

कमेन्ट लोड गर्नुस