सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघको अक्षय कोषमा दुई वर्षमै १० लाख जम्मा

२०७७ जेठ १, ०१:२० खबर संवाददाता

धनगढी : धनगढीको जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघले स्थापना गरेको अक्षय कोषमा दुई वर्षमै १० लाख रुपैँया जम्मा भएको छ। जेसिज एभरेष्ट स्कुलका पूर्व विद्यार्थीहरु आवद्ध संघले स्थापना गरेको कोषमा दोस्रो वर्षमा १० लाख रुपैँया जम्मा भएको संघका अध्यक्ष खेमराज जोशीले बताए।

पूर्व विद्यार्थीहरुले रकम संकलन गरी स्थापना गरेको पाँच लाखको कोषमा दोस्रो वर्ष १० लाख जम्मा भएको उनले बताए। जोशीका अनुसार कोषमा संघमा आवद्ध विद्यार्थीहरुले आ–आफ्नो इच्छा अनुसार रकम जम्मा गर्दै आएका छन्।

त्यसरी जम्मा भएको रकम सामाजिक कार्यमा खर्च गरिदै आएको छ। यसैबीच अक्षय कोषको रकमबाट धनगढीको आमाको माया छात्रबासमा आश्रीत दुई असहाय बालकको पढाई खर्च व्यहोर्दै आएको छ।

छात्रबासमा बस्दै आएका हुम्लाका ती दुई बालकको पढाई खर्च अक्षय कोषबाट व्यहोर्दै आएको अध्यक्ष जोशीले बताए।

कमेन्ट लोड गर्नुस