थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको विज्ञप्ती गलत, संक्रमितको संख्या २४५
बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको भनेर स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ती त्रुटिपूर्ण रहेको भन्दै सच्याइएको छ।
बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जनाएका थिए।
अहिले केही समय अघि मात्रै विज्ञप्ती प्रकाशित गरी उक्त विवरण गलत भएको जनाइएको छ। नयाँ विज्ञप्ती अनुसार हालसम्म कुल संक्रमितको संख्या २४५ नै रहेको छ ।
नोट : स्वास्थ्य मन्त्रालयलले विज्ञप्ती निकालेर पहिले दिएका जानकारी गलत भएको भनेर सच्याएसँगै यो समाचार पनि सच्याइएको छ ।