चिनियाँ सेनाको विमानमार्फत ल्याएको स्वास्थ्य सामाग्रि नेपाल पुग्यो
चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ। बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौं आएको उक्त चिनियाँ सेनाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो।
मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका स्वास्थ्य समाग्री ल्याएको हो। सो सामग्री नेपाली सेनाका लागि सहयोगबापत आएको बताइएको छ। कोरोनाभाइरस ‘कोभिड–१९ विरुद्ध लड्न सेनाले सो सामग्री प्रयोग गर्नेछ।’