कैलालीमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाईते
धनगढी : कैलालीमा ट्रकले मोटरसाईललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको बर्दगोरिया गाँउपालिका वडा नम्बर ४ मा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार जोशीपुर गाउँपालिका वडा नम्बर ६ का २१ वर्षिय शेरबहादुर डगौंराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस्तै मोटर साईकल चालक सोही ठाउका ३५ वर्षिय पर्शुराम डगौंरा भने घाईते भएका छन। घाईते डगौंराको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ।
पश्चिमबाट पुर्व तर्फ गईरहेको सु.प.प्र. ०१–००८ प ४४७४ नम्बरको मोटरसाईकललाई सोही दिशामा गईरहेको से १ क ९४५ नम्बरको ट्रकले ओभरटेक गर्न खोज्दा ठक्कर दिएको प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
ठक्कर दिने ट्रक र ४१ बर्षिय चालक मान बहादुर कुवँरलाई ईलाका प्रहरी कार्यालय बौनियाँको टोलीले नियन्त्रणमा लिएको छ।