राप्रपाका नेता जोशीको धनगढीमा निधन
२०७७ वैशाख ३०, १२:०६
धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय परिषद सदस्य केशवराज जोशीको धनगढीमा निधन भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ निवासी जोशीको ६८ बर्षको उमेरमा मस्तिक घातका कारण निधन भएको हो।
गत शुक्रबार उनलाई अस्पताल भर्ना गरिएको थियो। आईसियूमा उपचाररत उनको मंगलबार बिहान निधन भएको आफन्तले जानकारी दिएका छन्।
२००९ सालमा दीपायल सिलगडी नगरपालिकाको उडितोलामा जन्मिएका जोशी राप्रपाको डोटी जिल्ला अध्यक्ष समेत भएका थिए।
कमेन्ट लोड गर्नुस