सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख ३०, ०७:५० खबर संवाददाता

धनगढी : धनगढीमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १३ स्थित धनगढी चक्रपथमा म १ प ९३६ नम्वरको स्कुटर दुर्घटना हुँदा वडा नम्वर ३ केदार टोलका दिर्घ ऐरीको मृत्यु भएको हो।

स्कुटर चालक ऐरी दुर्घटनामा परी घाईते भएपछि चटकपुरस्थित आराधना मेडिकलमा उपचारपछि अवस्था सामान्य भएको भन्दै घर फर्किएका थिए। राति नौँ बजे फेरी पेट दुगेपछि उपचारका लागि उनलाई माया मेट्रो अस्पतालमा ल्याईएको थियो।

थप उपचारका लागि निसर्ग अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनले स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना भएको दिनेश खवरलाई जानकारी दिए। 

कमेन्ट लोड गर्नुस